Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग रकम असुली गर्ने दुई जना पक्राउ

    वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग रकम असुली गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.2K
    SHARES

    मोरङ । आफूहरु वनको कर्मचारी भएको भन्दै काठ मिलसँग रकम असुली गर्ने दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६का ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार उनीहरुले फर्निचर उद्योगहरुमा वनको कर्मचारी भएको र रकम नदिए राम्रो नहुने भन्दै चेतावनी दिने गरेको थिए। उनीहरुले मोरङका २५ वटा मिलमा ठगी गरेको देखिएको र उनीहरुको साथबाट पत्रकार परिचयपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ।



    रतुवामाई नगरपालिका–१० मा पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको माईबेनी स–मिलमा पुगेका उनीहरुलाई चन्दा उठाउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

    पक्राउ परेका उनीहरुलाई ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार