Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पर्सामा गोली चल्यो, काठ तस्कर फरार

    पर्सामा गोली चल्यो, काठ तस्कर फरार

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.7K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई प्रहरीले रोकेर नियन्त्रणमा लिन खोज्दा तस्करसँग झडप भएको छ ।

    प्रहरी र काठ तस्करबीच आज विहान ४ बजे अगाडि झडप भएको हो । प्रहरीले काठ तस्करी हुन लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी खटिएका थिए।



    प्रहरीको संख्या कम देखेर ४ वटा मोटरसाइकलमा आएका ८ जना तस्करको समूहले प्रहरीमाथि ढुंगामुढा र लाठी प्रहार गरेपछि हवाई फायर गरिएको पर्सा प्रहरीले जनाएको छ ।



    प्रहरीले ३ राउण्ड हवाई फायर गर्दा तस्कर फरार भएपनि उनीहरु चढेको दुइटा मोटरसाइकल भने नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रहरीले भारतीय नम्बर प्लेटको बिआर २२ एफ ४१०८ र ना ४० प ९३९६ नम्बरको मोटरसाकल नियन्त्रणमा लिएको हो। पर्सा प्रहरीले फरार तस्करको खोजी कार्य भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार