Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ओलीले नेपाललाई लाजशरम पचेको मान्छे भनेपछि…

    ओलीले नेपाललाई लाजशरम पचेको मान्छे भनेपछि…

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसको पछि कुदेको आरोप लगाएका छन् ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए।



    ‘माधव नेपाल भन्ने एकजना मान्छे कांग्रेसका पछि कुदेकाछन् । नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन्, प्रधानमन्त्री ओलीले भने, आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने ? यस्तो लाजशरम पचेको मान्छे ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार