Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओलीको प्रश्न – माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?

    ओलीको प्रश्न – माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?

    सर्वोच्चमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा पनि न्यायधिसहरु मौन बसेकोमा ओलीको असन्तुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् ।

    आइतबार एमाले नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको ओलीले आरोप लगाए।



    आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले यसो भने- ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन्,’ ओलीले भने।



    ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्’ ओलीले भने, ‘केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे।

    यस्तै, ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायधिसहरु मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । केही दिनअघि विपक्षी गठवन्धनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठले गरेको बहसलाई ईंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्डपथको चर्चा हुन्छ । फ्रान्स र बेलायतमा किन काटिँदा रहेछन् त भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले जस्तो गर्दा रहेछन् र पो काटिँदो रहेछन् त भनेर प्रचण्डका एक कार्यकर्ताले बहस गरे । भनेको मतलब अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।’

    ‘आश्चर्य लाग्छ, सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । अदालतमा यस्तो कुरा गर्नुहुन्न विद्वान अधिवक्ताज्यू,’प्रधानमन्त्री ओलीले प्रश्न गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार