Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्पेन युरो कपको क्वाटरफाइनलमा

    स्पेन युरो कपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । स्पेन युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    गएराति कोपनहेगनमा भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।



    क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गरे । क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो । खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।



    निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो । स्पेनले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार