Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • फास्ट ट्रय्राकमै खोकनाबासीले रोपाईं गरेपछि…

    फास्ट ट्रय्राकमै खोकनाबासीले रोपाईं गरेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं तराई द्रुतमार्ग ((फास्ट ट्रय्राक) का लागि अधिग्रहण गरेको क्षेत्रमा खोकनाबासीले रोपाई गरेका छन् । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारी ललितपुरको खोकनावासीले रोपाईं सुरु गरेका हुन् ।

    खोकनाका स्थानीय वासिन्दाले आज पत्रकार सम्मेलन नै गरी काठमाडौं–निजगढ द्रूतमार्गको प्रस्तावित जिरोकिलोबाट रोपाईं सुरु गरेका हुन् ।



    काठमाडौं तराई द्रुतमार्गका लागि अधिग्रहण गरेको उक्त क्षेत्रमा स्थानीयबासी र प्रहरीबीच पटक–पटक झडप हुँदै आएको छ । अघिल्लो वर्षको रोपाइमा भएको झडपमा त केही किसान र प्रहरी घाइते नै भएका थिए ।



    तर, यसपाली भने उनीहरुले पत्रकार सम्मेलनकै आयोजना गरी प्रस्तावित फस्ट ट्रय्राकको जिरोकिलोमा रोपाईं गरेका हुन् । खोकनाका स्थानीयबासीले सयौं वर्षदेखि आफ्ना पुर्खाले भोगचलन गर्दै आएको र आफ्नो संस्कृति जोडिएको क्षेत्र भएकोले सो क्षेत्रमा फास्ट ट्रय्राक बनाउन नदिने बताउँदै आएका छन् । ।

    द्रुतमार्ग, बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइन आदिले संस्कृतिमाथि प्रहार गरेको र आफूहरूलाई उठीबास बनाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार