Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • समयसीमाभित्रै फास्ट ट्रयाक निर्माण सक्न सेनालाई राज्यव्यवस्था समितिको निर्देशन

    समयसीमाभित्रै फास्ट ट्रयाक निर्माण सक्न सेनालाई राज्यव्यवस्था समितिको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 537
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै फास्ट ट्रयाक निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा बसेको समिति बैठकले समयसीमाभित्रै काठमाडौं तराई द्रुतमार्ग निर्माणको सबै काम सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको हो ।



    फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक छिट्टै डाँकेर छलफल गरिने निर्णय भएको छ ।



    द्रुतमार्ग निमार्णका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोगहरु समयमै उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने, द्रुतमार्ग निर्माणका सम्बन्धमा विभिन्न चरणमा आवश्यक पर्ने अन्तरनिकाय समन्वयको सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार