Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • फास्ट ट्र्याकको डीपीआर संशोधन गर्ने सरकारको निर्णय, घट्ने भयो करिब २ अर्ब लागत !

    फास्ट ट्र्याकको डीपीआर संशोधन गर्ने सरकारको निर्णय, घट्ने भयो करिब २ अर्ब लागत !

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 870
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले द्रुत मार्गको डीपीआर संशोधन गरेको हो । द्रुत मार्गको डीपीआर परिवर्तन भएसँगै करिब २ अर्ब लागत घट्ने भएको छ ।



    डीपीआर परिवर्तन गरिएपछि द्रुत मार्गका केही घुम्ती कम भएर सिधा हुने भएको हो । द्रुतमार्गको लम्बाई ७२‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.५ किलोमिटर रहेको छ । यसको निर्माण सुरु भएको ६ वर्ष पूरा भइसकेको छ भने भौतिक प्रगति २५.५४ प्रतिशत मात्रै भएको छ ।



    वर्तमान सरकारले गत पुसमा काठमाडौं(निजगढ द्रुतमार्ग ९फास्ट ट्रयाक० सुझाव समिति गठन गरेको थियो । उक्त समितिले फागुन दोस्रो साता प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार