Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माधव पक्षलाई झुलाउने ओलीको नयाँ अस्त्र : जेठ २ मा फर्किने निर्णय

    माधव पक्षलाई झुलाउने ओलीको नयाँ अस्त्र : जेठ २ मा फर्किने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कमजोर बन्दै गइरहेको बेला नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र संलग्न स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

    जुन निर्णयलाई लिएर माधव नेपाल पक्षका एक नेताले आफ्ना निर्णयहरु एकपछि अर्को स्थापित गर्दै ओलीले पुन : अल्मलाउने योजना बनाएको टिप्पणी गरेका छन् ।



    ओली पक्षले भने सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई एकतावद्ध बनाउन भइरहेको सन्दर्भमा पार्टी एकताको सन्दर्भमा महत्वपूर्ण निर्णय हुन लागेको दाबी गरेको छ।



    भोलि दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोलाइएकोमा नेपाल पक्ष अनुपस्थित हुने बताइएको छ ।

    माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने वताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार