Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकी पूर्व रक्षा मन्त्री रम्सफेल्डको निधन

    अमेरिकी पूर्व रक्षा मन्त्री रम्सफेल्डको निधन

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकी पूर्व रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ ।

    पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको हो । रम्सफेल्डको परिवारले उनको निधन न्यू मेक्सिकोको ताओस स्थित घरमै मंगलबार निधन भएको जानकारी दिएको छ । राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनमा रक्षा मन्त्री रहेका उनी ‘आतंकवाद विरुद्धको युद्ध’ का प्रमुख पक्षधर थिए ।



    सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिकी सुरक्षा बलले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । यस्तै सन् २००३ मा इराकमा युद्ध सुरु गरेको थियो ।



    विवादास्पद द्वन्द्वको नतिजा स्वरुप रम्सफेल्डले सन् २००६ मा रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए । जर्ज डब्लु बुसले रम्सफेल्डलाई निकै राम्रो मानिस र उदाहरणीय सार्वजनिक सेवक रहेको बताएका छन् ।

    सन् १९३२ मा सिकागोमा जन्मिएका रम्सफेल्ड पहिलोपटक सन् १९६० को दशकमा वासिङ्टन डिसी पुगेका थिए । उनले रिचर्ड निक्सन र गेराल्ड फोर्डको प्रशासनमा विभिन्न पदमा रहेर काम गरेका थिए ।

    उनी फोर्डको प्रशासनमा पनि रक्षा मन्त्री बनेका थिए, त्यो बेला उनी सो जिम्मेवारी पाउने कम उमेरको व्यक्ति बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार