Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौंमा असार २२ देखि भेरोसेलको दोस्रो मात्रा दिइने (खोप केन्द्रको सूचीसहित)

    काठमाडौंमा असार २२ देखि भेरोसेलको दोस्रो मात्रा दिइने (खोप केन्द्रको सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले असार २२ देखि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्राको खोप दिने भएको छ। गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्।

    बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने बताएको छ।



    काठमाडौं महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार