Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ४८ लाखको चेक दिएर फरार भएका महत सिआईबीको फन्दामा

    ४८ लाखको चेक दिएर फरार भएका महत सिआईबीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 3.2K
    SHARES

     

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा २० दिन कैद र ४८ लाख जरिवाना ठहर गरेका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।



    उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले सानुकाजी महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कूल २० दिन कैद र ४८ लाख जरिवाना ठहर गरेको थियो ।



    तर, महत भने त्यसयता फरार थिए । उनलाई सिआईबीबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । रामेछाप खाँडादेवी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्ने ४६ वर्षीय महतलाई सिआईबीले आज पक्राउ गरेको हो ।

    महतले २०७६ सालमा नेपाल इन्भेष्टमेन्ट बैंक र एनसिसि बैंकमा रहेको आफ्नै नामको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैंया बराबरको रकम नै नभएको चेक काटी दिएका थिए । सोही मुद्दामा उच्च अदालत पाटनले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।

    महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार