Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जसपाका दुवै पक्ष निर्वाचन आयोगमा, सहमतिको सम्भावना क्षीण

    जसपाका दुवै पक्ष निर्वाचन आयोगमा, सहमतिको सम्भावना क्षीण

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ ।

    आज बिहान ११ बजे जसपाका दुवै पक्षका नेताहरुलाई सहमतिका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।



    प्रवक्ता श्रेष्ठका अनुसार अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु हुन्छ । दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा कायमै रहेकाले सहमतिको सम्भावना क्षीण देखिएको छ ।



    पछिल्लो समय जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका थिए ।

    यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार