Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको पुन: मूल्यवृद्धि, ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

    पेट्रोलियम पदार्थको पुन: मूल्यवृद्धि, ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल आयल निगमले  पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले मंगलबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।



    त्यस्तै पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई/दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर मूल्यवृद्धि गरेको छ ।



    मूल्यवृद्धिपछि पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    नेपाल आयल निगमका अनुसार आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार