Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय

    आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 3K
    SHARES

    काठमाडौँ ।  सरकारले  आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

    बुधबार सरकारका प्रवक्ताले उडान खुला भएको बारे थप जानकारी दिने वताइएको छ ।



    सरकारले कोरोना संक्रमणका कारण  भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो । अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो ।



    मन्त्रिपरिषद्‌को निर्णय प्राप्त हुनेबित्तिकै नागरिक उड्डयन प्राधिकरणले भोली सूचना निकालेर उडान खुल्ला गर्ने निर्णय गर्नेछ ।

    अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार