Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • गोरखाको सामागाउँमा कार्यरत एक जना प्रहरी जवान बेपत्ता

    गोरखाको सामागाउँमा कार्यरत एक जना प्रहरी जवान बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.8K
    SHARES

    गोरखा। जिल्लाको उत्तरी क्षेत्र सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् ।

    चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।



    कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनि हिँडेको भए पनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उनले बताए । कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसकेको एसपी खनालले बताए ।



    सम्र्पकविहीन भएका प्रहरी जवान कुँवरको खोजी कार्य तीव्र पारेको उनको भनाइ छ । ‘इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली नै परिचालन गरेर खोजीकार्य भइरहेको छ’, एसपी खनालले भने, ‘अहिलेसम्म फेला पार्न सकिएको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार