Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डब्लुएचओद्धारा कोरोनाको लागि नयाँ औषधी सिफारिस

    डब्लुएचओद्धारा कोरोनाको लागि नयाँ औषधी सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।

    औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।



    ‘कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाइ पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,’ डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार