Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभा बैठकः हत्या घटनाका दोषीमाथि कारवाही गर्न माग

    सुदूरपश्चिम प्रदेशसभा बैठकः हत्या घटनाका दोषीमाथि कारवाही गर्न माग

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराएका छन् ।

    सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराएका छन् ।



    अर्का सदस्य शान्ति नेपालीले बझाङको खप्तडछान्ना गाउँपालिकाकी २९ वर्षीया महिला सुशीला रोकाया माथि कुटपिट गरी हत्या गरिएको पुष्टि भइसकेको भन्दै यो घटनाको छानबिन गरी दोषीमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरीन् ।



    बैठकले प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको ‘सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७’ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । यसअघि उक्त विधेयक माथि भएको छलफलमा सदस्य बलबहादुर सोडारी, वीरमान चौधरी, मालामति रानाथारु र गोविन्दराज बोहराले भाग लिएका थिए  ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । मन्त्री जोशीले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसभा समक्ष टेबुल गरेका थिए ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार