Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गण्डकीका निवर्तमान मुख्यमन्त्रीको आरोप : पोखरेल नेतृत्वको सरकारले १६ करोड बढि भ्रष्टाचार गर्यो

    गण्डकीका निवर्तमान मुख्यमन्त्रीको आरोप : पोखरेल नेतृत्वको सरकारले १६ करोड बढि भ्रष्टाचार गर्यो

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता गुरुङले शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको दावी गरेका हुन् ।

    उनले भने–‘ गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । उहाँहरुले भ्रष्टाचारको सुरुवात त गरिसक्नुभयो । यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ ।’



    नेता गुरुङले पोखरेलले आफ्नो जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको भन्दै आरोप लगाए । आफू नेतृत्वले सरकारले कुनै बजेट, नीति कार्यक्रम र विकासको कार्यक्रममा नभएको योजनामा रकम खर्च नगरेको दाबी गर्दै उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र आफ्नो दलले सरकारलाई सहयोग गर्नसक्ने बताए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार