Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देशका अधिकांश ठाउँमा पानी पर्ने

    देशका अधिकांश ठाउँमा पानी पर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आज पनि देशभर मौसममा बदली भएकाले अधिकांश ठाउँमा पानी पर्ने सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । अहिले प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।



    आज राति धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । शनिबारदेखि देशभर मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ ।



    पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा बाढीको खतरा रहेकाले दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार