Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक : रेल्वे र सपथदेखि १५ अध्यादेश पेश (सुचीसहित)

    प्रतिनिधिसभा बैठक : रेल्वे र सपथदेखि १५ अध्यादेश पेश (सुचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गरेका हुन् ।

    बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरिएको छ ।



    यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरे ।



    कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्की बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रतिनिधिसभामा पेश गरे ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश सभासमक्ष पेश गरे । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश खारेज गरेको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार