Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कौशीबाट तथानाम भनेर कुर्लिएपछि कोठामा बात मार्नुको के अर्थ रह्यो र ?

    कौशीबाट तथानाम भनेर कुर्लिएपछि कोठामा बात मार्नुको के अर्थ रह्यो र ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली समूहका नेता तथा प्रवक्ता प्रदीप ज्ञवालीलाई तुलनात्मक रुपमा वैचारिक नेताको रुपमा लिइन्छ । तर,पार्टी विवाद मिलाउने सन्दर्भमा उहाँको भूमिकालाई लिएर एमालेकै अर्काथरि नेताहरू असन्तुष्ट हुने गरेका छन् ।

    ज्ञवालीले एमालेको आन्तरिक एकता कायम राख्न गठित विघटित कार्यदलका सदस्यहरुसँगको छलफलमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालका कारण पार्टी एकता भाँडिएको दाबी गरेका थिए ।



    उनले एमालेको आन्तरिक एकता कायम राख्न गठित विघटित कार्यदलका सदस्यहरूसँगको छलफलमा नेता नेपालले पार्टी एकताको विपक्षमा धारणा राखेको बताएका हुन् । ‘माधव नेपाल पार्टी एकताका निम्ति तयार देखिनुभएन । उहाँ अर्कै विन्दुमा पुगिसक्नु भएको बुझियो,’ ज्ञवालीले भनेका छन्।



    तर,नेता नेपाल समूहले भने ज्ञवालीले कोटेश्वर छलफललाई ट्वीष्ट गरेर भ्रमपूर्ण प्रचार गरेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिनेबारे आफ्नो समूहमा देखिएको दुई धारमाथि ज्ञवालीलगायत संस्थापन पक्षले खेल्न खोजेको उनीहरूको आरोप छ ।

    बाहिर जतिसुकै वैचारिक तर्क गरे पनि अध्यक्ष ओलीका सामू ‘चुँ’ गर्न नसक्ने ओलीपक्षीय नेताहरूले अहिले नेपाललाई एकता विरोधी देखाउनु कुतर्क बाहेक केही नहुने नेपाल पक्षका एक नेताले बताएका छन् । माधवले एकता चाहेनन् भन्दै गर्दा त्यसअघि ओलीले बालकोट निवासको बार्दलीमा कुर्लिएको भाषण र वाक्य स्मरण गर्न उनले ज्ञवालीलाई आग्रह गरेका छन् ।

    ज्ञवालीले सार्वजनिक खपतका लागि त्यस्ता आधारहीन तर्क अघि सारेर झुटको खेती गर्न नहुने बताउँदै उनले भने, ‘तीन दिनअघि कौशीबाट तथानाम भनेर कुर्लिएपछि कोठामा बात मार्नुको के अर्थ ? सोमबारको जनआस्थामा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार