Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • च्यासलमा एमाले केन्द्रीय कमिटीको बैठक, सर्वोच्चको फैसलासम्बन्धी दृष्टिकोण तय गरिँदै

    च्यासलमा एमाले केन्द्रीय कमिटीको बैठक, सर्वोच्चको फैसलासम्बन्धी दृष्टिकोण तय गरिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी सुरु भएको छ।

    गत सोमबारदेखि शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा सुरु भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन।



    यसअघिको बैठकले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।



    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

    बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन। बैठकका लागि ९ बुँदे कार्यसूची तय गरिएको सचिव तामाङले जानकारी दिए।

    यस्तै, आजको बैठकमा पनि यसअघिको बैठक झैँ पार्टीको आगामी रणनीतिबारे छलफल र पार्टी एकताका निम्ति नयाँ एजेन्डा तय गरिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार