Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यी हुन् एजेन्डा

    एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 903
    SHARES

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ ।

    आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेण्डामाथि छलफल गर्नेछ ।



    बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको बताइएको छ ।



    त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार