Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरू

    च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरू

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 471
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

    केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षासहित विभिन्न विषयमा छलफल हुँदैछ ।



    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् ।



    यस्तै, चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने एजेन्डा समेत छ ।

    अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहाकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

    अहिले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार