Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘शिवम सिमेन्ट’लाई २ अर्ब ३७ करोडको झड्का, बक्यौता उठाउन उर्जामन्त्रीको निर्देशन

    ‘शिवम सिमेन्ट’लाई २ अर्ब ३७ करोडको झड्का, बक्यौता उठाउन उर्जामन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 5.2K
    SHARES

    काठमाडौँ । नबनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगले तिर्न बाँकी ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी छिन्।

    मन्त्री भुसालको यो निर्णयसँगै राज्यलाई कर नतिरी अटेर गर्ने ५८ वटा उद्योगका मालिकहरुलाई ठूलो झड्का लागेको छ ।



    मन्त्री भुसालले २०७२ सालदेखि खटिएका हाकिमहरुलाई खटाएर भए पनि सम्बन्धित वितरण केन्द्रहरूले ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन सक्ने बताईन ।



    हाल नेपालमा ५८ उद्योगले डेलिकेटेड् लाइन प्रयोग गरेबापत को महशुल बुझाएका थिएनन् । मकवानपुरको हटियास्थित शिवम सिमेन्टले डेलिकेटेड लाइन प्रयोग गरी नेपाल बिध्युत प्राधिकरणलाई २ अर्ब ३७ करोड ७० लाख एक सय पचासी रुपैयाँ तिर्न बाँकी रहेको र उक्त बक्यौता रकम असुल गर्न सर्वोच्च अदालतले आदेश दिँदासमेत सेटिङमा दौडधुप गर्दै आएको थियो ।

    विद्युतको महसुल दर सस्तो हुँदा खपत दर बढ्ने मन्त्री भुसालको भनाइ छ । अहिले पनि १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको बताउँदै भुसालले जनसंख्याको आधारभूत आवश्यकता पूरा हुने गरी प्राधिकरणले निशुल्क विद्युत दिनुपर्नेमा जोड दिएकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार