Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण, कारण के हो ?

    बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण, कारण के हो ?

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । उडिरहेका बुद्ध एयरका दुई जहाजलाई काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

    काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ ।



    उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पुर्याइएको छ ।



    यस्तै कम्पनीको अर्को काठमाडौँ–नेपालगञ्ज गन्तव्यका लागि उडेको जहाजमा पनि एक यात्रु बेहोस भएपछि काठमाडौँ अवतरण गरी अस्पताल लगिएको कम्पनीले जनाएको छ । जहाजको यकिन समस्या इन्जिनीयरले गर्ने प्राविधिक परीक्षणपश्चात् बाहिर आउने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै जहाज उडानमा लगिने कम्पनीले जनाएको छ ।

    विमानस्थलका अनुसार काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको बिएचए २५५ नम्बर उडानको एटिआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६ः३० बजे काठमाडौँ अवतरण भएको थियो । सम्भावित दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दै विमानस्थलले जहाज अवतरणका क्रममा सुरक्षा संयन्त्रलाई तैनाथ राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार