Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मन्त्रिपरिषद बैठक : प्रभुराम शर्मा बने प्रधानसेनापति

    मन्त्रिपरिषद बैठक : प्रभुराम शर्मा बने प्रधानसेनापति

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 4.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​

    मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई आगामी साउन २५ गतेदेखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।



    ​प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २५ देखि बिदामा बस्दैछन् । अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् ।



    उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

    यस्तै, आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार