Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आईजीपीलाई एक बर्षमा ठूलो सफलता, सात हजार बढी फरार अभियुक्त पक्राउ 

    आईजीपीलाई एक बर्षमा ठूलो सफलता, सात हजार बढी फरार अभियुक्त पक्राउ 

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको नेतृत्वलाई एक बर्षमा ठूलो सफलता मिलेको छ।

    प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार पछिल्लो एक बर्षमा प्रहरी संगठन (आईजीपी क्षेत्रीको नेतृत्व)ले अदालतले दोषी ठहर गरेर पनि समाजमा फरार रहेका हजारौं अपराधीलाई पक्राउ गर्न सफल भएको हो।



    गत आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षमा भन्दा दुई सय १६ प्रतिशत धेरै फरार अभियुक्त पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



    कार्यालयका प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरका अनुसार २०७७ को साउनदेखि २०७८ को असारसम्म सात हजार तीन सय ९० जना फरार अभियुक्त पक्राउ परेका छन् । अघिल्लो वर्ष दुई हजार तीन सय ३२ जना पक्राउ परेका थिए ।

    यस्तै, प्रहरीले गत वर्ष फरार अपराधीबाट ४८ करोड ८९ लाख ७४ हजार राजश्व संकलन गरेको छ भने चार हजार २१ वर्ष ८ महिना कैद समेत भुक्तान भएको छ । अदालतले दोषी ठहर गरेर पनि सजाय भुक्तान नगरेकाहरुलाई पक्राउ गर्न अभियान चलाइएको र त्यसमा सफलता प्राप्त भएको प्रवक्ता कुँवरको भनाई छ ।

    प्रहरीको यो सफलता हात पर्नुमा आईजीपी क्षेत्रीले हरेक जिल्लाका इन्चार्जलाई फरार अभियुक्त पक्राउ गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिएका थिए । जसानुसार लकडाउनको समयमा अपराधीहरु पनि घरमै बस्ने भएकाले पनि धेरै पक्राउ परेका हुन् ।

    त्यस्तै, गत आर्थिक वर्षमा लागूऔषध बरामद पनि बढेको छ । लागू औषध मुद्दामा एक वर्षमा चार हजार ६ सय २६ जना पक्राउ परेका छन् । लागु औषध बरामद पनि अघिल्लो वर्षभन्दा ५२ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार