Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चौधरी भन्छन्–अहिलेसम्म निष्ठा र आस्थाको राजनीतिबाट विचलित भएको छैन

    चौधरी भन्छन्–अहिलेसम्म निष्ठा र आस्थाको राजनीतिबाट विचलित भएको छैन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 5.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले आफू कहिल्यै पनि निष्ठा र आस्थाको राजनीतिबाट विचलित नभएको र आगामी दिनमा पनि नहुने बताएका छन् । नेता चौधरीले विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेको नेपाली कांग्रेसको राजनीतिबाट आफू कहिल्यै विचलित नहुने पनि दोहोर्याए ।

    विभिन्न सञ्चारमाध्यममा नक्कली नोटसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै नेता चौधरीले भने–‘सरकार परिवर्तनको संघारमा मलाई बद्नाम गराउन षड्यन्त्र भइरहेको छ ।’



    तराई मधेशमा राम्रो पकड जमाएका चौधरी तराईमा नेपाली कांग्रेसका दिग्गज नेताहरु पराजित हुँदा पनि प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । चौधरी बारा क्षेत्र नम्बर १ मा २ हजार ४ सय २० मत बढी ल्याएर विजयी भएका सांसद हुन् ।



    चौधरीले २४ हजार ४ सय ५० मत ल्याउँदा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवार नेकपा एमालेका अच्युतप्रसाद मैनालीले २२ हजार ३० मत ल्याएका थिए ।

    जनताको माझमा लोकप्रिय मानिएका सांसद चौधरीले केही विपक्षीहरुले षड्यन्त्रपूर्वक अफवाह र अनर्गल प्रचार गरेपनि आफू कतिपनि विचलित नहुने जनाउँदै सत्यको साथ दिन सञ्चारमाध्यमलाई आग्रह पनि गरेका छन् । चौधरी निकट कांग्रेसका एक नेता भन्छन्–‘उहाँ (चौधरी) मन्त्री हुने चर्चासँगै उहाँलाई रोक्नका लागि यस्ता अनर्गल प्रचार शुरु भइरहेका छन्, तर, त्यो सम्भव छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार