Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • उमाकान्त चौधरी कांग्रेसका मन्त्री कि माओबादीका ?

    उमाकान्त चौधरी कांग्रेसका मन्त्री कि माओबादीका ?

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी हाल नेपाल सरकारको खानेपानी तथा सरसफाई मन्त्री छन् । तर, उनले आफ्नो सचिवालयमा भने माओबादी कार्यकर्तालाई राखेका छन् । माओबादी अध्यक्ष पुष्पकमल दाहालल प्रचण्डकी बुहारी बिना मगरका भाई मनोज घर्ती मगर यतिवेला खानेपानी मन्त्री चौधरीको सचिवालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत छन् । मन्त्री चौधरीले आफनो चालक, पियन र सहयोगी पनि बिना मगर खानेपानी मन्त्री हुँदा भर्ना गरेका करार सेवाकै कर्मचारीलाई निरन्तरता दिएका छन् ।

    मन्त्री चौधरीले आफ्नो तर्फबाट गर्ने कतिपय गोप्य चिठी पत्र र पत्राचार गरेका विषय समेत सिधै माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कोमा पुग्ने गरेको छ । सचिवालयमा आफ्ना एक जना मात्र प्रशासन सहायकमा पप्पु कुसवाहलाई राखेका मन्त्री चौधरीले माओबादीले राखेका कुनै पनि कर्मचारीलाई सरुवा नगरेको र कांग्रेस निकटका कर्मचारीलाई अवसर नदिएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपा, प्रधानमन्त्री निवास बालुवाटार र कांग्रेस नेता कृष्णप्रसाद सिटौला निवास चण्डोलमा तीब्र आलोचना हुने गरेको छ ।



    कांग्रेस निकटका एक जना पनि कर्मचारीको सरुवा नहुँदा कर्मचारी युनियनका पदाधिकारीहरुले नेता सिटौलासँग समेत गुनासो गरेका थिए । तर, सिटौलाले पनि नेता प्रदिप पौडेलसँग सल्लाह गर्नु भनेपछि सिटौला गुटमा लागेका कर्मचारी र करार सेवामा आफ्ना कार्यकर्ता भर्ना गर्न पाईएला कि भनेर बसेका कांग्रेसी नेता-कार्यकर्ता यतिवेला निरास हुन थालेका छन् ।



    चौधरी मन्त्री भएको ४ महिनामा १ जना पनि कर्मचारी परिवर्तन गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई पठाएका छन् । मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको भूमिका सुस्त र ढिलो भएको तथा एमाले र एकिकृत समाजबादीका नेताको काम बढी गरेको भनेर आलोचना भएपछि आचार्यलाई खानेपानी मन्त्रालयमा लगिएको थियो ।

    चाैधरीका नीजि सचिव हरिसिंह धामीसँग चर्काचर्की परेपछि उनी तीन महिनाअघि नै मन्त्रीलाई थाहै नदिइ सडक विभागमा सरुवा भइ गइसकेका छन् । चार महिनामा २ जना मात्र कर्मचारी अदल बदल भएपछि माओबादी निकटका खानेपानी मन्त्रालयका कतिपय कर्मचारी कांग्रेसको मन्त्री भएर पनि तर मार्न पाईरहने भइयो भनेर हरेक शुक्रबार गुड फ्राईडे मनाउने गरेका छन् ।

    मन्त्री चौधरीको सिफारिसमा केयूकेएलको क्षेत्रपाटी शाखा प्रमुख राजेन्द्रबहादुर बमलाई आयोजना कार्यान्वयन निर्देशनालयमा सरुवा गरे पनि कार्यान्वयन भएको छैन । एक महिना अघि सरुवा भएका बमको ठाउँमा रहेका कर्ण धनाह मगरलाई बम कार्यरत क्षेत्रपाटीमा सरुवा गर्न निर्देशनालयका प्रमुख कमल श्रेष्ठ, केयूकेएलका प्रमुख कार्यकारी अधिकृत र संचालक समितिका अध्यक्ष तिरेस खत्रीले अनिच्छा देखाएपछि मन्त्रीको आदेशलाई लोप्पा खुवाई दिएका छन् ।

    मन्त्री चौधरीले आफू निकटका चार कर्मचारीलाई सरुवा गर्न भनि दिएको निर्देशन अध्यक्ष खत्रीले उल्लंघन गरे पनि उनलाई मन्त्री चौधरीले हल्लाउन सकेका छैनन् । आफू सुदूरपश्चिमको भएको भन्दै खत्रीले मन्त्रीलाई समेत टेर्न छाडेको स्रोतले बतायो । मन्त्री चौधरीले बोर्ड बैठक राख्नु भनेर एक महिनादेखि दिएको निर्देशन समेत खत्रीले नमानी बसेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार