Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • खानेपानी मन्त्री चौधरीको मन्त्रालयमा अबैध पीए र विचौलियाको जगजगी

    खानेपानी मन्त्री चौधरीको मन्त्रालयमा अबैध पीए र विचौलियाको जगजगी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी यतिबेला अवैध पीए र विचौलियाले घेरिएका छन् । कुनै बेला कांग्रेस उपसभापति विजयकुमार गच्छदारका विश्वास पात्र चौधरी यतिवेला पार्टीको तेश्रो धारका नेता कृष्णप्रसाद सिटौलाको कृपाबाट मन्त्री हुन पाएका हुन् ।

    सिटौलाको सिफारिसमा मन्त्री भएका चौधरीको मन्त्रालयमा यतिवेला बैध भन्दा अबैध पीए र विचौलियको बिगबिगी छ । मन्त्री चौधरीको स्वकिय सचिवमा कृष्णप्रसाद चौधरी छन् भने प्रशासन सहायकमा पप्पु कुसवाहले नियुक्ति पाएका छन् । मन्त्री चौधरीको निजी सचिवमा स्याङ्जाका शशी लम्साल र प्रेस सल्लाहकारमा झापाका लिलाराज खनाल रहेका छन् । तर मन्त्रालयमा अमुक नाम गरेका बाराका कांग्रेस कार्यकर्ताको चलखेल हुने गरेको मन्त्रालयका कर्मचारीहरुको गुनासो छ । त्यस्ता कार्यकर्ताहरुलाई मन्त्री चौधरीले नै संरक्षण गरिरहेका छन् ।



    बाराका श्रवण मैनाली, हृदयराज मिश्र, खुसी चौधरी, विजय ठाकुर, भुवन थापा क्षेत्री र कास्कीका नारायण अधिकारीसहित परिचय नखुलेका कांग्रेसका एक दर्जन कार्यकर्ताहरु मन्त्रीको कार्यकक्षमा १२ घण्टासम्म बस्ने र आफू अनुकूलका व्यक्तिलाई मन्त्रीसँग भेट गराउने गरेका छन् । मन्त्रालयका सचिवदेखि सचिवालयमा काम गर्ने सरकारी कर्मचारीहरु समेत कुन पीए हो र कुन होइन भन्ने छुट्याउन नसकेर हैरानी खेप्न थालेका छन् । एक दर्जन व्यक्ति आएर आफू मन्त्रीको सचिवालयमा काम गर्ने भन्दै सरकारी कर्मचारीहरुसँग डिल गर्ने गरेका छन् । मन्त्रीका स्वकिय सचिव कृष्णप्रसाद चौधरीभन्दा अबैध पीएले सरकारी कर्मचारीहरुलाई हैरानी दिने गरेको भन्दै कर्मचारीहरु सचिवसँग गुनासो गर्ने गरेको एक कर्मचारीले अनलाइन नेपालसँग बताए ।



    मन्त्रीको पीए भएको दाबी गर्ने यति धेरै व्यक्ति सिंहदरबारको गेटबाट कसरी प्रहरीको आँखा छलेर आउँछन् भन्ने कुरा भने रहस्यकै विषय बनेको छ । बाराका अन्य नेता र कार्यकर्ताहरु पनि मन्त्रीको मान्छे भन्दै सिंहदरबार दक्षिण गेटबाट छिर्ने गरेको स्रोतले बतायो । कतिपय कार्यकर्तालाई मन्त्रीक स्वकिय सचिव कृष्णप्रसाद चौधरीले आफ्नो गाडीमा हालेर सिंहदरबार छिराउने गर्दै आएका छन् ।

    आफूलाई मन्त्रीको खास मान्छे भन्ने बारा जिल्ला घर भएको बताउने भुवन थापा क्षेत्रीले भने मन्त्रालय र अन्य विभागका सहसचिवहरुलाई समेत मन्त्रीको तर्फबाट सल्लाह गर्नु पर्नेछ भन्दै बार्गेनिङ गर्ने गरेको स्रोतले बतायो । आफूलाई इन्जिनियर भएको बताउने थापा पनि दक्षिण गेटबाट मन्त्रीको पीए हुँ भन्दै छिर्ने गरेको गुनासो मन्त्री चौधरीसम्म पुगेको छ ।

    तर, मन्त्री चौधरी भने कानमा तेल हालेर बस्ने गरेका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेस खत्री, विभागकै सहसचिव सूर्य कँडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दवाडीसँग समेत भेटेर अबैध पीएहरुले कति सहयोग गर्न सक्ने हो भन्दै बार्गेनिङ गरेका हुन् । पीएहरुले कतिपय कर्मचारीलाई नियुक्ति र सरुवा बढुवा गरिदिने भन्दै रकम माग्ने गरेको ती कर्मचारीले अनलाइन नेपाललाई बताए ।

    बिभागका महानिर्देशक खत्रीसँग ठूलै रकम माग गरेपछि खत्रीले ति थापा क्षेत्रीको फोन उठाउन र भेट्न छाडेका छन् । त्यसैगरी कँडेलले आफू मन्त्रीवाहेक अरुसँग मन्त्रालयका विभागको विषयमा छलफल त के कुरा पनि नगर्ने भन्दै टारिदिएका थिए । आफूलाई ठूलै ठेकेदारकाके नातेदार भएको दाबी गर्ने भुवन थापा क्षेत्रीले अख्तियारका सहसचिव दवाडीलाई समेत विभागको डीजी बनाउने भन्दै सौदाबाजी गरेको स्रोत बताउँछ ।

    खानेपानी मन्त्रालय मातहतका विभाग र कार्यालयमा गएका ति थापा क्षेत्रीलाई काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख संजिव राणाले वास्ता नगरेपछि मन्त्री चौधरीसँग गुनासो गर्न समेत पुगेका थिए । मन्त्रालयको कार्यकक्षमा मन्त्री बसिरहँदा बाहिर निस्किएर फोन हान्ने गरेका भुवन थापा क्षेत्री मन्त्रीको खास मान्छे हो वा होइन भनेर सबै कर्मचारीहरले जिज्ञासा राख्न थालेका छन् । तर, मन्त्रालयकै एक स्रोतले भने अवैध पीएहरु स्वयम् मन्त्री चौधरीले नै खडा गरेको र उनले छुट्टा छुट्टै तरिकाले डिल गर्ने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार