Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ज्यान मुद्धामा फरार रहेका खत्री १६ वर्षपछि पक्राउ

    ज्यान मुद्धामा फरार रहेका खत्री १६ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्यानसम्बन्धी कसूर मुद्दामा फरार रहेका एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रामेछाप जिल्ला खाँडादेबी गा.पा.६ खत्री गाउँ घर भई हाल ललितपुर महालक्ष्मी ७ चाँङ्गाथली बस्ने शिवजी खत्री भनिने ग बहादुर खत्री रहेका छन्।



    १६ बर्षअघि मिति २०६२/०९/०६ गते कलंकीमा भगवती लामा (अधिकारी) आफ्नै डेरामा आगोले जलेको अवस्थामा भेटिएको र सोहि घरमा बस्ने मानिसहरुले उनलाई उपचारको लागी वीर अस्पताल लगेकोमा उपचारको क्रममा त्यसको भोलिपल्टै मृत्यु भएको थियो।



    उनको मृत्युबारे सोधपुछ गर्न खोज्दा खत्री त्यो बेला देखि नै फरार रहेका थिए । सीआईबीको टोलीले खत्रीलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो।

    खत्रीलाई मृतक भएकी युवतीका तर्फबाट ईन्द्र बहादुर अधिकारीले त्यतिबेलै जाहेरी दर्ता गरेका थिए।

    पक्राउ परेका खत्रीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाईएको सीआईबीका प्रवक्ता एवं एसपी श्यामकुमार महतोले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार