Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ओली सरकारले ९७ लाख खोप ल्याएर ४२ लाखलाई मात्र लगाइएको थियो : स्वास्थ्य राज्यमन्त्री

    ओली सरकारले ९७ लाख खोप ल्याएर ४२ लाखलाई मात्र लगाइएको थियो : स्वास्थ्य राज्यमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकार (केपी ओली)को पालामा ९७ लाख खोप प्राप्त भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।



    यस्तै, नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको भन्दै उनले भने, ‘हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेका छन्, असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’



    यसअघि पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पालामा नै उल्लेख्य मात्रामा खोप आइसकको भनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार