Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • न्यूरोडमा प्रहरीलाई ‘चक्मा’ दिँदै गाडीबाटै हामफालेर भागे थुनुवा

    न्यूरोडमा प्रहरीलाई ‘चक्मा’ दिँदै गाडीबाटै हामफालेर भागे थुनुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  न्यूरोडमा पैहरीलाई चक्मा दिँदै एक थुनुवा फरार भएका छन्। पिसीआर गर्न वीर अस्पताल लैजाँदै गर्दा थुनुवा प्रहरीको गाडीबाटै हामफालेर भागेका हुन्।

    यसरी फरार हुने थुनुवा निर्मल परियार हुन्। उनी जबर्जस्ती करणी मुद्दामा महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा रहेका थिए।



    पीसीआर परीक्षण गराउन वीर अस्पतालमा लैजाँदै गर्दौ न्युरोड गेटमा गाडीबाट हामफालेर उनी भागेको प्रहरीको भनाइ छ।



    परियार स्याङ्जाका हुन्। फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले पीसीआर परीक्षण गरेर ल्याउने क्रममा चोरी केसमा पक्राउ परेका परियार गाडीबाट हामफालेर भागेको बताए । एसएसपी सिंहका अनुसार पीसीआर परीक्षण गरी ल्याउने क्रममा लापरबाहीले थुनुवा भागेको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार