Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘कौन बनेगा करोडपति’ले यस सिजन पायो पहिलो करोडपति, दृष्टिविहिन हिमानीले जितिन् एक करोड

    ‘कौन बनेगा करोडपति’ले यस सिजन पायो पहिलो करोडपति, दृष्टिविहिन हिमानीले जितिन् एक करोड

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति’ को यस सिजनले पहिलो करोडपति पाएको छ। दृष्टिविहिन हिमानी बुन्देला एक करोडको प्रश्नको सही उत्तर दिँदै करोडपति बनेकी छिन्।

    सोनी भिटिले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउण्टमा शोको एक प्रोमो भिडियो शेयर गरेको छ। भिडियोमा हिमानीले एक करोडको प्रश्नको सही जवाफ दिएको देख्न सकिन्छ। उनी यस सिजनको पहिलो करोडपति बनेकी छिन्।



    एक करोड जितेपछि हिमानी ७ करोडको प्रश्नको उत्तर दिन अघि बढ्छिन्। प्रोमो भिडियोमा प्रश्नको उत्तर दिँदै हिमानी अमिताभसँग भन्छिन्, ‘सर लक गरिदिनुस्, सर यदि तल झरेँ भने पनि केही छैन भगवानको मर्जी हो।’



    हिमानीले ७ करोडको प्रश्नको सही उत्तर दिइन् कि दिइनन् त्यो शो हेरेपछि मात्र थाहा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार