Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काबुल विमानस्थलमा दुई ठूला विष्फोटपछि गोली हानाहान, अमेरिकी नागरिकको मृत्यु

    काबुल विमानस्थलमा दुई ठूला विष्फोटपछि गोली हानाहान, अमेरिकी नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार साँझ काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोटमा अमेरिकी नागरिकहरु मारिएको बताएका छन्।

    ‘हामी पुष्टि गर्न सक्छौं कि एबी गेटमा भएको विस्फोट एक जटिल हमलाको परिणाम थियो, जसमा धेरै अमेरिकी र अन्य नागरिक मारिएका थिए।  हामी थप जानकारी प्रदान गर्ने प्रयासमा छौं,’ उनले ट्विटरमा लेखेका छन्।



    बीबीसी संवाददाता जोनाथन बीलले विमानस्थल बाहिर दुई वटा विष्फोट भएको र दोस्रो विस्फोट पछि गोली चलेको बताए। यी दुबै विस्फोट विमानस्थलको एबी गेट क्षेत्रमा भएको थियो, जहाँ विगत धेरै दिनदेखि अफगान शरणार्थीहरुको ठूलो संख्या बसिरहेको छ



    गेटबाट टाढा जान फ्रान्सेली राजदूतको आग्रह

    फ्रान्सेली राजदूत डेभिड मार्टिननले मानिसहरुलाई एयरपोर्टको गेटबाट टाढा जान आग्रह गरेका छन। त्यहाँ अर्को विस्फोटको खतरा रहेको भन्दै उनले त्यस्तो आग्रह गरेका हुन्।

    ‘हाम्रा अफगान साथीहरुलाई – यदि तपाइँ एयरपोर्ट गेटको नजिक हुनुहुन्छ भने तुरुन्तै टाढा जानुहोस् र केहि पछाडि लुक्नुहोस्, अर्को विस्फोटको सम्भावना छ,’ उनले ट्वीट गरेका छन्।

    यससँगै फ्रान्सका राष्ट्रपति राष्ट्रपति इमानुएल म्याक्रोनले अफगानिस्तानको स्थिति धेरै खराब भएको बताएका छन्। उनले यस अवस्थाको ख्याल राख्नपर्ने बताएका छन्। त्यसो नभएमा स्थिति नियन्त्रणबाहिर जान सक्ने चेतावनी उनले दिए।

    बिहीबर साँझ भएको विस्फोटमा कम्तीमा ११ जना मानिसको ज्यान गएको बताइएको छ। काबुल विमानस्थल बाहिर भएको विस्फोटमा धेरै मानिसहरु घाइते भएको बीबीसीले जानकारी दिएको छ।

    विस्फोटपछि निस्केको धुवाँको मुश्लो
    घटनास्थल नजिकको पछिल्लो दृश्य

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार