Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अफगानिस्तानमा दुर्घटना भएको जहाजका पाइलटसहित ४ जनाको उद्धार

    अफगानिस्तानमा दुर्घटना भएको जहाजका पाइलटसहित ४ जनाको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 540
    SHARES

    एजेन्सी । अफगानिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६ जना मध्ये चार जनालाई जीवितै उद्दार गरिएको छ।

    थाइल्याण्डबाट मस्को उडेको डल्सन फाल्कन डिएफ १० एयर एम्बुलेन्स अफगानिस्तानको बदख्सान प्रान्तको कुफ अब जिल्लास्थित चीन, पाकिस्तान र ताजकिस्तानको सीमामा दुर्घटना भएको थियो।



    जहाजमा ६ जना सवार भएको र पाइलटसहित ४ जनालाई जीवितै उद्धार गरिएको अफगानिस्तानको उड्डयन तथा यातायात मन्त्रालयले जनाएको छ ।



    उक्त विमानले भारतको गया विमानस्थलमा इन्धन भरेको थियो। त्यहाँबाट उडेर अफगानिस्तानको आकाशमा पुगेपछि विमान राडारबाट सम्पर्कविहीन भएको थियो ।

    त्यसपछि खोजी गर्ने क्रममा अफगानिस्तानको कुफ अब जिल्लाको पहाडी क्षेत्रमा दुर्घनाग्रस्त भेटिएको थियो। विमानमा रहेका अन्य २ जनाको अवस्था भने अज्ञात छ।

    उनीहरूको खोजी भइरहेको अफगानी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार