Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रसङ्घको आग्रह – अफगानी महिलालाई गैरसरकारी संस्थामा काम गर्न दिनू

    राष्ट्रसङ्घको आग्रह – अफगानी महिलालाई गैरसरकारी संस्थामा काम गर्न दिनू

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 474
    SHARES

    एजेन्सी । अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।

    देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन राष्ट्रसङ्घले आग्रह गरेको हो ।



    तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुगेको सन्दर्भमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले यस्तो टिप्पणी गर्नु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।



    सन् २०२२ डिसेम्बर २४ मा तालिबानको अर्थ मन्त्रालयले घरेलु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अर्को सूचना जारी नभएसम्म महिला कामदारहरूको रोजगारी निलम्बन गर्न आदेश दिएको थियो । तालिबानको निर्णयको स्वदेशी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार