Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतले तोड्यो नेपालका यी तीन विश्व कीर्तिमान

    भारतले तोड्यो नेपालका यी तीन विश्व कीर्तिमान

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । भारतीय क्रिकेट टिमले अफगानिस्तानविरुद्धको खेलमा नेपालले बनाएका तीन विश्व कीर्तिमान तोडेका छ । भारतले तेस्रो तथा अन्तिम टी-२० आई खेलमा अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमान्चक जीत हात पार्ने क्रममा नेपालका तीन विश्व कीर्तिमान तोडेको हो ।

    भारतले अन्तिम दुई ओभरमा ५८ रन जोडेको थियो । यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियाली खेलकुलमा मंगोलियाविरुद्ध नेपालले अन्तिम २ ओभरमा ५५ रन जोडेको थियो ।



    यस्तै, भारतले डेथ ओभर अर्थात अन्तिम पाँच ओभरमा अफगानिस्तानविरुद्ध १०५ रन जोड्यो । यसअघि मंगोलियाविरुद्ध नेपालले डेथ ओभरमा जोडेको ८९ रन नै सर्वाधिक थियो ।



    टी-२० आईमा पाँचौं विकेटका लागि नेपाली खेलाडीले गरेको उच्च साझेदारी पनि भारतले तोडेको छ । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १९० रनको विश्व कीर्तिमानी साझेदारी गरे ।

    गत अक्टोबरमा मुलपानी क्रिकेट मैदानमा त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालका दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले हङकङविरुद्ध १ ४५ गरेको कीर्तिमानको साझेदारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार