Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गभर्नर अधिकारीको राजिनामा माग, प्रदर्शनमा उत्रिएका सेयर लगानीकर्ता बालुवाटार पुगे

    गभर्नर अधिकारीको राजिनामा माग, प्रदर्शनमा उत्रिएका सेयर लगानीकर्ता बालुवाटार पुगे

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 3.1K
    SHARES

    काठमाडौँ । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो पारेको भन्दै शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका छन्।

    सोमबार गभर्नरको राजीनामा माग्दै लगानीकर्ताहरू बालुवाटार पुगेका हुन्।



    राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएपछि रुष्ट बनेका लगानीकर्ताहरुले गभर्नर अधिकारीको राजिनामा मागेका हुन्।



    राष्ट्र बैंकले पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरू ल्याएकाले समग्र पुँजी बजार अघि बढ्न नसकेको पुँजी बजार सुधार संघर्ष समितिकाे आरोप छ ।

    संघर्ष समितिले गभर्नरका कारण जनताको लगानी जोखिममा परेको बताएका छन् ।

    गभर्नर अधिकारीको राजिनामा माग अर्को पनि पढ्नैपर्ने

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार