Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेप्से परिसूचक ३५ अंकले घट्यो घट्याे

    नेप्से परिसूचक ३५ अंकले घट्यो घट्याे

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 657
    SHARES

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेप्सेका १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचक नै घट्दा बुधबार बजारमा ३५.३७ अंकको गिरावट आएको हो ।

    आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । आज कारोबार रकम भने वृद्धि भएको छ ।



    कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ मूल्यमा खरिद बिक्री भएका छन् ।



    जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सोल्टी होटलमा किनबेच तीव्र छ। यी तीनको मात्रै एक अर्ब ३५ करोडको शेयर खरिद बिक्री भएको हो।

    समग्रमा बजार घटेपनि आज हिमालयन लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार