Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • शेयर बजार दोहोरो अंकले उकालाे

    शेयर बजार दोहोरो अंकले उकालाे

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । कोरोनाको संक्रमण फेलिने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन ।

    आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही लय पछ्याएको छ । कारोबार रकममा समेत बढोत्तरी भएको छ ।



    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २१.२६ बिन्दुले बढेर एक हजार ४३१.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ ले बढेर २९३.१४ मा पुगेको छ ।



    कूल १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर दुई अर्ब १३ करोड ९२ लाख दुई हजार ७५ बराबरको कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार