Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेप्सेमा आज नकारात्मक सर्किट ब्रेक

    नेप्सेमा आज नकारात्मक सर्किट ब्रेक

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । ६ प्रतिशतभन्दा बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ ।

    मंगलबार र बुधबार लगातार ६ प्रतिशतभन्दा बढीले नेप्से परिसूचक उकालो लागेपछि कारोवार स्थगन गरेको थियो ।



    स्टकका अनुसार आज नेप्से ८०.४१ बिन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर १ हजार २५६.११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १७.९९ बिन्दु अर्थात ६.२७ प्रतिशतले ओरालो लागेको छ ।



    कूल १४२ कम्पनीको कूल १० लाख ६१ हजार ८९० कित्ता शेयर ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार