Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आफूलाई सर्जिकल सामाग्रीको सप्लायर्स बताउने राना ४२ लाख ठगेको आरोपमा पक्राउ

    आफूलाई सर्जिकल सामाग्रीको सप्लायर्स बताउने राना ४२ लाख ठगेको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले आफूलाई सर्जिकल सामाग्री सप्लायर्स हुँ भन्दै ठगी गर्दै हिड्ने व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा ललितपुर -४ बागडोलका ४२ बर्षीय सरल राना, उमेश नकर्मी र सन्दीप थापा रहेका छन् । उनीहरुलाई गत शुक्रबार महाशाखाको टोलीले बागडोलबाट पक्राउ गरेको हो।



    महाशाखाका अनुसार पक्राउ परेकाहरुले काठमाडौँ त्रिपुरेश्वरस्थित  शंकर महर्जनको किपु साईन्टिफिक ट्रेडर्समा गएर आफूहरू भारत पञ्जाबस्थित Myriad Hues Health Care कम्पनीको नेपाली प्रतिनिधि हौँ भन्दै ठगी गरेका थिए।



    उनीहरुले तपाईँहरूलाई विभिन्न सर्जिकल सामाग्रीहरू (Gloves, Latex Examination Gloves) विभिन्न साईजमा एक हप्ताभित्र उपलव्ध गराइदिने र १००प्रति Gloves भएको प्रतिबाकस भारतीय रुपैयाँ ३३० पर्छ भन्दै  बयालिस लाख चौबिस हजार आफ्नो बैंक खातामा जम्मा गर्न लगाएको महाशाखाले जनाएको छ।  पछिल्लो समय उनीहरुले पठाएको सामानमा गुणस्तरहिन भेटिएपछि उनीहरुलाई सम्पर्क गर्दा सम्पर्कविहिन भएका थिए । त्यसपश्चात महाशाखामा उजुरी परेको थियो।

    पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार