Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दशैं–तिहारमा ‘होण्डाको साथ ७’

    दशैं–तिहारमा ‘होण्डाको साथ ७’

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई रु.१ लाख प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    स्याकार ट्रेडिङ्गद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी रु. १ लाखसम्म नगद उपहार प्राप्त गर्नुहुनेछ । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नुहुनेछ ।’



    त्यसैगरी होण्डा बिग बाइकको खरिदमा रु.४०,००० सम्मको क्यास ब्याक पाउन सक्ने पनि कम्पनीले जनाएको छ । विज्ञप्तिमा भिनएको छ–‘यति मात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नुहुनेछ ।’
    बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार