Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा भेटवार्ता

    राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    बुधबार बेलुका ८ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री समेत रहेका ओलीबीच भेटवार्ता भएको शीतल निवास स्रोतले जानकारी दियो।



    स्रोतका अनुसार भेटमा एमालेको संकट, राजनीतिक अस्थीरता र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।



    ‘उहाँहरुबीच करिब २ घन्टा भेटघाट भएको हो’, शीतलनिवास स्रोतले भन्यो।

    स्रोतका अनुसार करिब ८ बजे शीतलनिवास प्रवेश गरेका ओली राती १० बजे बाहिरिएका थिए।

    पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८  गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार