Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानसेनापति शर्माद्वारा रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

    प्रधानसेनापति शर्माद्वारा रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ। नेपाली सेनाका उपरथी बालकृष्ण कार्की रथीमा बढुवा भएका छन् । भदौ २९ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार रथीमा बढुवा भएका उपरथी कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    बिहीबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति शर्माले कार्कीलाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



    उनलाई आजै निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।



    भदौ २४ गते शर्मा बलाधिकृत रथीबाट महारथी (प्रधानसेनापति) मा बढुवा भएपछि एक रथीको पद खाली भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार