Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संसारकै अग्लो ठाउँ गरिने ‘एभरेस्ट फेसन सो’ सगरमाथा आधार शिविरमा सम्पन्न

    संसारकै अग्लो ठाउँ गरिने ‘एभरेस्ट फेसन सो’ सगरमाथा आधार शिविरमा सम्पन्न

    अनलाइन नेपाल
  • शनिबार, ९ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । सर्वाधिक उचाइमा आयोजना गरिने फेसन सोको रुपमा विश्व कीर्तिमान राखेको माउन्ट एभरेस्ट फेसन रनवेको दोस्रो संस्करण सगरमाथा आधार शिविरमा सम्पन्न भएको छ ।

    विभिन्न १० मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै सोमा उपस्थित भए ।



    कासा डिजाइन र बुद्धिस्ट लाइनका डिजाइन लगाएर इटालेली प्रिन्सले नेपाली डिजाइनलाई प्रवद्र्धन गर्ने प्रयास गरे । ५५०० मिटर उचाइमा आयोजना गरिएको हिउँले भरिएको र्‍याम्पको पृष्ठभूमिमा सर्वोच्च शिखर सगरमाथाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।



    गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका पंकज गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनले फेसन सोको आयोजना गरेका हुन् ।

    संसारका कीर्तिमानहरुको सूची राख्ने गिनिज पुस्तकले पृथ्वीकै अग्लो स्थानमा आयोजना गरिने फेसन सोको रुपमा माउन्ट एभरेस्ट फेसन रनवेलाई केही वर्षअघि सूचीकृत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार