Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपालमै पहिलो पटक महिलालाई कामू गभर्नरको जिम्मेवारी

    नेपालमै पहिलो पटक महिलालाई कामू गभर्नरको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि नेपालमै पहिलो पटक महिलाले कामू गभर्नरको जिम्मा पाएकी छन् ।

    डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले गभर्नर अधिकारी निको नहुँदासम्मको लागि कामू गभर्नरको जिम्मा दिएको हो ।



    गभर्नर अधिकारी कोरोना भाइरसबाट संक्रमित भएपछि घरमा नै आराम गरेर बसेका छन् ।



    नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर विदेश जाँदा तथा गभर्नरको पदावधी सकिएको बेला डेपुटी गभर्नरलाई कामू दिनसक्ने व्यवस्था छ ।

    तर, गभर्नर स्वदेशमै रहेका बेला कामूको जिम्मा दिएको यो पहिलो पटक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार